राष्ट्रपतिको निर्वाचनको बिषयमा छलफल गर्दै माओवादी, एमाले भन्छ – ‘सहमति पालना हुनेमा ढुक्क छौं’-Sutra News

राष्ट्रपतिको निर्वाचनको बिषयमा छलफल गर्दै माओवादी, एमाले भन्छ – ‘सहमति पालना हुनेमा ढुक्क छौं’

शुक्रबार, १३ माघ २०७९

शुक्रबार, १३ माघ २०७९

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बिहीबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो । आजको बैठकमा राष्ट्रपतिको निर्वाचनको बिषयमा छलफल हुने एक नेताले बताएका छन् । यस्तै बैठकमा पार्टी एकता र संगठन बिस्तारका बिषयमा पनि कुराकानी हुनेछ ।



बिहिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिको बारेमा ब्रिफिङ गरेका थिए। अध्यक्ष प्रचण्डले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा ९एमाले० सँग सहकार्य गर्नुपरेको अवस्था बारे जानकारी गराएका थिए ।

उनले पेश गरेको राजनीतिक प्रतिवेदनमा वर्तमान गठबन्धन निर्माण, कांग्रेसले विश्वासको मत दिएपछि उत्पन्न राजनीतिक घटनाक्रम लगायतका विषय समावेस गरिएको छ ।

प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई संसदमा नेपाली कांग्रेसले विश्वासको मत दिएको थियो । कांग्रेसले विश्वासको मत दिएपछि नयाँ परिस्थिति सिर्जना भएकाले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा अध्यक्ष प्रचण्ड रहेका छन् ।

प्रधानमन्त्री र सभामुखमा आलोपालो र राष्ट्रपति एमालेलाई दिने माओवादी र एमालेबीच सहमति भएको माओवादीकै एक नेताले बताएका छन् । सहमति अनुसार पालना हुनेमा विश्वस्त रहेको एमालेका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट