माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा राष्ट्रपति निर्वाचनबारे छलफल जारी-Sutra News

माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा राष्ट्रपति निर्वाचनबारे छलफल जारी

शुक्रबार, १३ माघ २०७९

शुक्रबार, १३ माघ २०७९

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा जारी छ। केही समयअघि शुरु भएको बैठकमा राष्ट्रपति निर्वाचनको बिषयमा छलफल हुने भएको छ । यस्तै बैठकमा पार्टी एकता र संगठन बिस्तारका बिषयमा पनि कुराकानी हुनेछ । बिहिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिको बारेमा ब्रिफिङ गरेका थिए।



हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेका थिए। माओवादी केन्द्रका नेताहरुका अनुसार राष्ट्रपतिको निर्वाचनमा दाहालले नेपाली कांग्रेस सहितको राष्ट्रिय सहमतिमा जोड दिइरहेका छन्।

फागुन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिँदै गर्दा नयाँ राष्ट्रपतिको चर्चा शुरु भएको छ । नेपाली कांग्रेसले राष्ट्रपति पाउन जोडबल गरिरहेको छ । पार्टी अध्यक्ष प्रचण्डले पनि राष्ट्रपतिको निर्वाचनमा कांग्रेस सहितको राष्ट्रिय सहमतिमा जोड दिइरहेको नेताहरुले बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट