काठमाडौं – पछिल्लो समय अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ को निकै चर्चा छ । बुधबारदेखि प्रदर्शनमा आएको फिल्म पठानले पहिलो दिनदेखि नै धमाकेदार कमाई गर्दै आइरहेको छ । भारतिय मिडियाका अनुसार यस फिल्मले पहिलो दिनमा भारतिय बक्सअफिसमा ५७ करोड भारू व्यापार गरेको थियो ।
समीक्षक तरण आदर्शले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । यो फिल्म पहिलो दिनमा राम्रो कमाई गर्ने हिन्दी फिल्म पनि बनेको छ । यस फिल्मले दोस्रो दिन भारतको गणतन्त्र दिवसको अवसरमा अझै बढी कमाउन सफल भएको छ । यस फिल्मले दुई दिनमा करिब १२७ करोड कमाएको छ ।
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मले राम्रो प्रतिक्रिया पनि पाइरहेको छ । यस फिल्ममा शाहरूख र दीपिका पादुकोणसँगै जोन अब्राहमको पनि मुख्य भूमिका रहेको छ ।