काठमाडौं । पूर्वसचिव रामेश्वर खनाल विवाह बन्धनमा बाधिँएका छन् । उनले बिहिबार सरिता शर्मा पोखरेलसँग विवाह बन्धनमा बाधिँएका हुन् । श्रीमती सुचित्रा खनालको क्यान्सरका कारण निधन भएपछि खनालले एकल जीवन बिताइरहेका थिए । शर्माले पनि १९ वर्षदेखि एकल जीवन बिताइरहेकी थिइन् ।
दुवैतिरको परिवारबाट प्रस्ताव स्वीकार भएपछि उनीहरुले विवाह गर्ने निर्णय गरेका हुन् । अर्थविज्ञका रुपमा समेत चिनिएका पूर्वसचिव खनालले परिवारको साथ र समर्थनमा विवाह गरिएको बताए ।
।