माओवादीको निर्णय- राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने-Sutra News

माओवादीको निर्णय- राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने

शुक्रबार, १३ माघ २०७९

शुक्रबार, १३ माघ २०७९

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठक सकिएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक फेरि माघ १६ गते बस्ने गरी सकिएको हो ।



आजको बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको छ । बैठक सकिएपछि प्रवक्ता कृष्णबहादुर महराले बैठकबारे जानकारी दिदै बैठकमा राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा धेरैले जोड दिएको बताए ।

महराले भने, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा धेरैले जोड दिनुभएको छ । राष्ट्रिय सहमति भनेपछि कांग्रेस र एमाले कुनैको नाममा हुँदैन सबैको ।’

भावी राष्ट्रपतिको विषय सत्तारुढ दलभित्र संशय पैदा गरिरहेका बेला माओवादीले सो निर्णय गरेको हो । राष्ट्रपतिमा कांग्रेस र एमालेले आकांक्षा देखाइरहेका बेला माओवादीको निर्णय प्रतिक्षा बनेको थियो ।

माओवादीको उक्त निर्णयले कांग्रेस र एमालेसँग मात्र राष्ट्रपतिको विषयमा सहमति नहुने प्रवक्ता महराको भनाइ छ । राष्ट्रपतिका विषयमा सबै राजनीति दलसँग छलफल गर्ने उनले जानकारी दिए । एमालेसहितको सबै पार्टीहरूसँग आफूहरुले छलफल गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट