काठमाडौं, १३ माघ-नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । आजको स्थायी कमिटी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।’बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको छ। यो एमालेबिनाको राष्ट्रिय सहमति होइन, एमालेसहितको राष्ट्रिय सहमति हो,’ बैठकपछि महराले पत्रकार सम्मेलनमा भने ।
सरकार गठन गर्ने बेला गत १० पुसमा राष्ट्रपति एमालेले लिने सहमति भएको थियो । कांग्रेसबाट विश्वासको मत पाएपछि राष्ट्रिय सहमतिमा जोड दिएको माओवादीले एमालेलाई धोका दिएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा महराले एमालेलाई धोका नदिएको र आफूहरूले एमाले बिनाको राष्ट्रिय सहमति नभनेको बताए ।उनले राष्ट्रपतिको निर्वाचनमा माघ २६ देखि २८ को बीचमा हुने बताए ।