राष्ट्रिय सभा उपाध्यक्षको चुनाव २३ माघमा हुने-Sutra News

राष्ट्रिय सभा उपाध्यक्षको चुनाव २३ माघमा हुने

शुक्रबार, १३ माघ २०७९

शुक्रबार, १३ माघ २०७९

काठमाडौं । १३ माघ, काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव यही २३ माघमा हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् । उनले २३ माघ सोमबार बिहान ११ः५९ बजे राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् ।



साथै उनले निर्वाचन कार्यक्रम प्रकाशित गर्न संघीय संसद  सचिवालयका महासचिव भरतराज गौतमलाई निर्देशन दिएका छन् । निर्देशनसँगै चुनावी तालिका पनि सार्वजनिक गरिएकाे छ ।योसँगै अब २१ फागुन २०७८ देखि रिक्त रहेको राष्ट्रिय सभाको उपाध्यक्षको पदपूर्ति हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट