सर्बोच्च अदालत भन्दा ठुलो हुन्छ जनको अदालत, जनतालाई सोधौँ, रवी नेपाली हुन् कि होइनन् ? – हर्क साम्पाङ-Sutra News

सर्बोच्च अदालत भन्दा ठुलो हुन्छ जनको अदालत, जनतालाई सोधौँ, रवी नेपाली हुन् कि होइनन् ? – हर्क साम्पाङ

शुक्रबार, १३ माघ २०७९

शुक्रबार, १३ माघ २०७९

काठमाडौं – सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको छ । शुक्रबार अदालतले सो फैसला गरेसँगै उनको उप्रधान एवं गृहमन्त्री र सांसद पद गुमेको छ ।



सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले अन्तिम सुनुवाइ गर्दै लामिछानेले नेपाली नागरिकता त्यागिसकेकाले उनलाई नेपाली भन्न नमिल्ने अन्तिम फैसला गरेको हो । अदालतको फैसलापछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले सर्बोच्च अदालत भन्दा ठुलो जनको अदालतहुने बताएका छन् ।

उनले लेखेका छन् – ‘सर्बोच्च अदालत भन्दा ठुलो हुन्छ जनको अदालत ! नेपाली जनतालाई सोधौँ ” रवी नेपाली हुन् कि होइनन् ?” जनताले जे भन्छन् त्यसैलाई सत्य मान्नु पर्छ !’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट