काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश कार्यक्रम स्थगित भएको छ । शुक्रबार पार्टीका प्रवक्ता एवं महामन्त्री डा मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।
विज्ञप्तिमा ढकालले रास्वपाको केन्द्रीय समितिको निर्णय बमोजिम माघ १४ देखि प्रदेशमा तय गरिएका प्रदेश समितिको विस्तारित बैठक तथा सङ्गठन विस्तारका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए । उनले अर्को सूचना जारी नभएसम्मको लागि कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
शुक्रबार सर्वोच्च अदालतले सो पार्टीका अध्यक्ष लामिछानेको नागरिकता सम्बन्धी मुद्धाको विषयमा फैसला गर्दै सांसद पद समेत नरहने निर्णय गरेको थियो ।