काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । शुक्रबार राति बसेको पार्टी केन्द्रीय समितिको बैठकले उपसभापति रहेका अर्याललाई सभापतिमा चयन गरेको हो ।
प्रवक्ता डा मुकुल ढकालले पार्टीको विधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति अर्याललाई कार्यवाहक सभापतिमा चयन गरेको जानकारी दिए ।
प्रवक्ता ढकालले पार्टीका संस्थापक सभापति लामिछानेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतबाट शुक्रबार भएको फैसलापछि पार्टीले काम गर्न अर्याललाई चयन गरेको बताए ।