रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै नायिका एलिजा गौतम-Sutra News

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै नायिका एलिजा गौतम

शनिबार, १४ माघ २०७९

शनिबार, १४ माघ २०७९

काठमाडौं – चर्चित पत्रकार ऋषि धमलाकी पत्नी नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छिन् ।



मोडल गौतमलाई पार्टी प्रबेश गराउन रुपन्देहीको भैरहवामा एक कार्यक्रम आयोजना गरिएको छ । उनलाई गरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीले पार्टीमा स्वागत गर्ने भएकी छिन् ।

रेशम चौधरीकी श्रीमती समेत रहेकी रन्जीता यसै कार्यक्रमको लागि आज भैरहवा आउने कार्यक्म रहेको एक नेताले जानकारी दिए । नायिका गौतम फिल्म अनुराग मार्फत फिल्म क्षेत्रमा प्रबेश गरेकी थिइन् । उनले धेरै म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट