फागुन २८ अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्नुपर्छ-Sutra News

फागुन २८ अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्नुपर्छ

शनिबार, १४ माघ २०७९

शनिबार, १४ माघ २०७९

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति छनौट फागुन २८ गते अगावै हुनुपर्ने भन्दै निर्वाचन कुनै पनि हालतमा सार्न नहुने बताएका छन् ।



शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उदघाटन गर्दै कोइरालाले आगामी फागुन २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने धारणा राखेका हुन् ।

यदी निर्वाचन २८ पछि सारे देशमा अनिष्ट हुने उनको भनाइ छ । ‘राष्ट्रपति निर्वाचन पछि धकेल्नका लागि इफ, बट आवस्यक छैन,’ उनले भने ।

उनले नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए । यसअघि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रपति छनौटमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट