चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुन्छन् – माधव नेपाल-Sutra News

चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुन्छन् – माधव नेपाल

शनिबार, १४ माघ २०७९

शनिबार, १४ माघ २०७९

काठमाडौं – नेकपा (कीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीति चुनावमा हारजित भइरहने भएकाले आत्तिन नहुने बताएका छन् ।



आज राजविराजमा आयोजित अगुवा एकीकृत समाजवादीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । उनले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुने बताए ।

उनले भने “हार भन्ने कुरा सधैँ भइरहँदैन, बाधा, अवरोध पन्छाउँदै अगाडि बढेमा हारपछि जित हुन्छ” उनले जनताको सम्मान गर्ने विचार भएको पार्टीका कार्यकर्ताहरूलाई हिम्मत नहार्न बारम्बार आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट