रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।
उनी आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जानेछन् ।
सर्वोच्च अदालतले उनको नागरिकता मान्य नभएको भन्दै अनागरिक घोषणा गरेको थियो ।
त्यससंगै उनको सांसद र मन्त्री पदसमेत गएको थियो ।