काठमाडौं – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले संसद् भवन नयाँ बानेश्वर अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका स्व प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने भएका छन् । शनिवार नेता बस्नेतले स्व आचार्यका परिवारलाई सिनामङ्गलमा भेटेर सान्त्वना दिँदै छोराछोरीको पठनपाठनको जिम्मा आफूले लिने बताए ।
उनले भने – “स्व आचार्यको परिवारलाई सरकारका गृहमन्त्रीले भेटे पनि स्व आचार्यका परिवारले राखेका माग पूरा गर्न सरकारले कुनै ध्यान नदिएपछि मैले रोजगारी र पठनपाठन गरिदिने निर्णय गरेको हुँ”
यस्तै स्व आचार्यका छोराछोरीलाई उच्च शिक्षासम्मको अध्ययनको व्यवस्था गराउनका लागि नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता केदार क्षेत्रीले पनि सहयोग गर्ने भएका छन् ।