उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीचको भेटवार्तामा यी बिषयमा छलफल-Sutra News

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीचको भेटवार्तामा यी बिषयमा छलफल

आइतबार, १५ माघ २०७९

आइतबार, १५ माघ २०७९

काठमाडौं – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।



आइतबार उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटवार्ता भएको हो । भेटमा आपसीहित, दुई देशबीचको सम्बन्ध, चीनले नेपालमा अगाडि बढाइरहेका परियोजनालगायतका विषयमा छलफल भएको छ ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए । नेपालका लागि चिनियाँ राजदूतका रुपमा नियुक्त भएर आएका चेनलाई सफल कार्यकालको शुभकामना दिदै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको जनस्तरको सम्बन्ध थप विस्तार हुने विश्वास प्रकट गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले लामो समयदेखि अगाडि बढ्न नसकेको चक्रपथको कलङ्की–चाबहिल सडकखण्ड विस्तारको कामलाई शीघ्र अगाडि बढाउनसमेत चिनियाँ पक्षलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट