काठमाडौं – रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर गर्दै सर्वोच्च अदालतले उनको नागरिकता मान्य नभएको भन्दै अनागरिक घोषणा गरेको थियो ।त्यससंगै उनको सांसद र मन्त्री पदसमेत गएको थियो ।