रवी लामिछानेले नागरिकता प्राप्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्ने-Sutra News

रवी लामिछानेले नागरिकता प्राप्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्ने

आइतबार, १५ माघ २०७९

आइतबार, १५ माघ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्पाको केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ । रवी लामिछानेले नागरिकता प्राप्त गरेपछि दिउँसो बैठक बस्ने तयारी गरिएको एक नेताले बताए ।



बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल हुनेछ । लामिछानेले उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो । लामिछाने अहिले नागरिकता बनाउन काठमाडौँ जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर गर्दै सर्वोच्च अदालतले उनको नागरिकता मान्य नभएको भन्दै अनागरिक घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट