काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनी शनिवार काठमाडौं आइपुगेकी छिन् । शनिवार नै आयोजित एक कार्यक्रममा सहभागीतको लागि उनी काठमाडौं आएकी हुन् । यसअघि सन्नी दुईपटक ब्राण्ड प्रमोसनका लागि नेपाल आइसकेकी छिन् ।
उनले नेपाली फिल्म ‘पासवर्ड’को एक आइटम गीतमा अभिनय पनि गरिसकेकी छिन् । आइतबार बिहान आफू नेपालमा रहेको बारे एक भिडियो पोष्ट गरेर जानकारी गराएकी छिन् ।
भिडियोमा उनले नेपाली फेसन डिजाइनर सरिन बुढाथोकीलगायतले डिजाइन गरेको पहिरन लगाएकी छिन् । भिडियोमा आई लभ नेपाल भन्दै उनले आफूलाई नेपाल सुन्दर देश लाग्ने र धेरै मन पर्ने बताएकी छिन् ।