काठमाडौं – नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन आगामी फागुन २ देखि ४ गतेसम्म हुँदैछ । काठमाडौंमा हुने महाधिवेशनको लागि अहिले तयारी शुरु गरिएको छ । महाधिवेशन भित्तेलेखन नगरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने प्रचारप्रसार उपसमितिका संयोजक नरेश रोकायाले जानकारी दिएका छन् ।
प्रचार सामग्री बनाउँदा सहर फोहर हुने भएकाले सामाजिक सञ्जालका माध्यम फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक लगायतबाट प्रचारप्रसार गर्ने उनले बताए । महाधिवेशनलाई सूचना प्रविधीमैत्री बनाउन डिजिटल सामग्री निर्माण गर्ने र काठमाडौँका मुख्य स्थान त्रिपुरेश्वर, कलङ्की, दरबारमार्ग, चाबहिलमा ‘डिजिटल डिस्प्ले’मार्फत प्रचार गरिने उनले बताए ।