पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु-Sutra News

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

आइतबार, १५ माघ २०७९

आइतबार, १५ माघ २०७९

काठमाडौं – पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको हो ।



बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको यस बसमा ४८ जना यात्रु सवार रहेका र तीनजनालाई जीवितै उद्धार गरिएको जनाइएको छ ।

यात्रु बसहरुको क्षमता भन्दा यात्रु सवार र सिट बेल्टहरू सामान्यतया नलगाइने कारण पाकिस्तानमा बढ िदुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट