जवान देखिन प्लास्टिक सर्जरी गरेका थिए शाहरुखले-Sutra News

जवान देखिन प्लास्टिक सर्जरी गरेका थिए शाहरुखले

आइतबार, १५ माघ २०७९

आइतबार, १५ माघ २०७९

एजेन्सी – आजको समयमा जोकोही सुन्दर र जवान देखिन चाहन्छन् । यसका लागि मानिसहरू क्रिम र ब्युटी उपचारको सहारा लिन्छन् । यस्ता कुराको उपयोग युवती र अभिनेत्रीहरू बढी गर्छन् भन्ने चर्चा चल्छ । तर बलिउडमा यस्ता केही अभिनेता छन्, जो आफूलाई हेन्डसम देखाउनका लागि प्लास्टिक सर्जरी गर्नसम्म पनि पछि परेका छैनन् ।



अभिनेता शाहरुख खानले पनि आफू जवान देखिन प्लास्टिक सर्जरी गरेका थिए । उनी उमेरले बुढो भए पनि उनको अनुहारमा त्यो देखिएको छैन । शाहरुखले बोटक्स ट्रिटमेन्ट गराएका छन् । उनले जवान देखिनका लागि कैयौं इन्जेक्सन पनि लिएका छन् ।

शाहरुखको पछिल्लो फिल्म पठानले अहिले धमाका मच्चाइरहेको छ । भारतिय मिडियाका अनुसार यस फिल्मले पहिलो दिनमा भारतिय बक्सअफिसमा ५७ करोड भारू व्यापार गरेको थियो । यो फिल्म पहिलो दिनमा राम्रो कमाई गर्ने हिन्दी फिल्म पनि बनेको छ । यस फिल्मले हालसम्म २ सय करोड कमाइ गरिसकेको छ ।सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मले राम्रो प्रतिक्रिया पनि पाइरहेको छ । यस फिल्ममा शाहरूख र दीपिका पादुकोणसँगै जोन अब्राहमको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट