काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रालय नछाड्ने बताएको छ । आइतबार रास्वपाका प्रवक्ता मुकुल ढकालले गृहमन्त्रालय आफूहरुको भागमा परेकोले पार्टीले गृहमन्त्रालय नछाड्ने बताए । नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज भएपछि रास्वपाले सो पद नछाड्ने बताउको हो ।
प्रवक्ता ढकालले सो मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको र सत्ता गठबन्धनका दलसँग पनि छलफल हुने बताए । उनले भने गृहमा हाम्रो दाबी रहन्छ । तर, अहिले कसलाई पठाउने भन्ने विषयमा छलफल भइसकेको छैन्
लामिछानेले धने आज पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकी नागरिकता परित्याग गरेको निस्सा बुझाएर उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
अमेरिकी नागरिकता त्यागेपछि प्रक्रिया पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्री पद खारेज गरिदिएको थियो । साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सभापति पद पनि गुमाएका थिए ।