काठमाडौँ महानगरको जिम्मेवारी सम्हालेका मेयर बालेन्द्र शाहको पद धरापमा रहेको छ ।
निर्वाचन आयोगले तोकेको जरिवाना नतिरेका कारण उनको पद धरापमा परेको हो। उनलाई खर्च बुझाउन फागुन मसान्तसम्मको मिति दिइएको छ ।
उनले आयोगलाई कारबाही मिनाहा गर्नसमेत आग्रह गरेका थिए । तर आयोगले उनको प्रस्ताव अस्वीकार गरिदिएको थियो ।
गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह भारि मतान्तरका साथ मेयरमा विजयी भएका थिए ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार काठमाडौंका मेयर बालेन शाह, पोखराका मेयर धनराज आचार्य, चितवनकी मेयर रेणु दाहाल र वीरगन्जका मेयर राजेशमान सिंहलाई निर्वाचन आयोगले साढे ७ लाख जरिवाना तोकेको छ । त्यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले साढे ५ लाख रूपैयाँ जरिवाना तिर्नुपर्नेछ ।
बालेनलाई तोकिएको समयावधिभित्र के कति कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो ? तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकामा तपाइँहरूलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो ? भनी सातदिने स्पष्टीकरण सोधिएको थियो ।