काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
आज आइतबार साँझ रवि बालुवाटार पुगेका हुन् ।
सर्वोच्च अदालतको फैसलाले मन्त्रि र सांसद पद दुवै गुमाएका उनले आजै नागरिकता लिएका छन् ।
उनी नागरिकता लिएपछि आइतबार नै नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनी आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा मनोनित भएका छन् ।
रास्वपाले गृहमन्त्रालयमा आफ्नै दाबी भएको बताएको छ ।