भारत: प्रहरीले हानेको गोली लागेर स्वास्थ्यमन्त्रीको निधन-Sutra News

भारत: प्रहरीले हानेको गोली लागेर स्वास्थ्यमन्त्रीको निधन

सोमबार, १६ माघ २०७९

सोमबार, १६ माघ २०७९

भारत उडिसा राज्यका एक मन्त्रीलाई प्रहरीले नै गोली हानी हत्या गरेका छन् ।



अन्तराष्ट्रिय मिडियाका अनुसार उडिसा राज्याको झारसुगुडा जिल्ला पुगेका स्वास्थ्य मन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका हुन् ।

मन्त्री दास एक सार्वजनिक कार्यक्रममा भाग लिन त्यहाँ पुगेका थिए ।

उनलाई गाडीबाट ओर्लने वित्तिकै प्रहरीले असिस्टेन्ट सबइन्स्पेक्टर दासेले गोली हानेको बताइएको छ ।

गोली प्रहार लगत्तै मन्त्रीलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । तर उनको उपचारकै क्रममा निधन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट