काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डबीच भेटवार्ता भएको छ ।
नेपाल भ्रमणमा रहेकी अमेरिकी उप–विदेशमन्त्री नुल्याण्ड सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न प्रधानमन्त्रीको सरकारी निवास पुगेकी थिइन् । उनीहरुबीचको भेटवार्तामा दुई देशको सम्बन्ध, आपसी हितका विषयमा छलफल भएको जनाइएको छ ।
उपमन्त्री नुल्याण्ड आइतबार २ दिने नेपाल भ्रमणको लागि नेपाल आएकी थिइन् । प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि उनको नेपालको पहिलो भ्रमण हो ।