काठमाडौं – कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि माघ १५ गतेसम्म आवेदन दिन पाइने भएको छ । बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी सीईओ पदको लागि आवेदन खुलाएको थियो । जसमा आइतबार साँझसम्म २२ जनाको आवेदन परिसकेको बैंकले जनाएको छ ।
आवेदन दिनेमा बैंकमा कार्यरत कर्मचारी पनि रहेका छन् । आवेदन सिभिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सीडीएस एण्ड क्लियरिङ लिमिटेड ९सीडीएससी०का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्वडेपुटी सीईओ कबिराज अधिकारी, भानु कँडेल, ताराखर अधिकारी, विष्णुदेव यादव लगायतले दिएका छन् । बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गएको पुस १० गते सकिएको थियो ।