काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रको उन्नति र समृद्धिका लागि राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् ।
सोमबार शहीद दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले आर्थिक समृद्धि हासिल गर्न राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्ने बताए ।
उनले भने – “राष्ट्रिय एकताको कुरा गर्दा कसैलाई मेरो भाग खोसिन लाग्यो की भन्ने लागेको छ तर त्यस्तो होइन ।” गाउँका जनतालाई गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्ने बताउदै उनले पर्यटन प्रवद्र्धनबाट त्यो सम्भव रहेको बताए ।