‘अहिले कांग्रेस न सत्ता पक्ष, न प्रतिपक्ष जस्तो’-Sutra News

‘अहिले कांग्रेस न सत्ता पक्ष, न प्रतिपक्ष जस्तो’

सोमबार, १६ माघ २०७९

सोमबार, १६ माघ २०७९

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रपति चुनावको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यवहार नकारात्मक नरहेको दाबी गरेका छन् ।



सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता पोख्रेलले यस्तो बताएका हुन् । प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको भन्दै उनले प्रधानमन्त्री प्रचण्डले नै सत्ता गठबन्धन भित्रबाट नै राष्ट्रपति होस् भन्ने चाहेको बताए ।

राष्ट्रपतिमा कांग्रेसले दाबी गर्न नै नमिल्ने भन्दै नेता पोख्रेलले कांग्रेसले पहिला आफ्नो पोजिसन कुन हो भनेर प्रस्ट पार्नुपर्ने बताए । कांग्रेसतर्फ व्यंग्य गर्दै उनले भने ‘अहिले कांग्रेस न सत्ता पक्ष, न प्रतिपक्ष जस्तो देखिएको छ, अब पहिला ऊ सचिन्नुपर्छ ।’

अस्थिरता निम्त्याउनका लागि कांग्रेसले प्रयास गरे पनि त्यो सफल नहुने उनकोभ नार्य छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट