काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ। बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन् । आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गरेर पदाधिकारी बैठक बोलाइएको हो ।
बैठकमा स्थायी कमिटी बैठकमा शुक्रबार पेश गरिएको पार्टी एकतासम्बन्धी प्रतिवेदन, राष्ट्रपति निर्वाचन र पार्टी स्कूलिङ विभागको प्रतिवेदनमाथि छलफल हुँने भएको छ ।