राष्ट्रपति निर्वाचनको प्रक्रियाबारे तपाईंलाई यी कुराहरु थाहा छ?-Sutra News

राष्ट्रपति निर्वाचनको प्रक्रियाबारे तपाईंलाई यी कुराहरु थाहा छ?

सोमबार, १६ माघ २०७९

सोमबार, १६ माघ २०७९

यही फाल्गुन २५ गते मुलुकमा राष्ट्रपति निर्वाचन हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते हुने सम्भावना रहेको छ।



राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ।

संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनबारे व्यवस्था गरिएको छ । व्यवस्थाअनुसार राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यहरू मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार मतभार निकाल्दा सङ्घीय संसद्‌मा रहेका कुल सदस्य सङ्ख्याले नेपालको पछिल्लो जनसङ्ख्याले असर पार्नेछ ।

प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्‌मा ३ सय ३४ सदस्य छन्। त्यस्तै, ७ वटै प्रदेशमा गरी कुल ५ सय ५० प्रदेशसभा सदस्य छन् । यसरी राष्ट्रपतिको निर्वाचनमा कुल ८ सय ८४ मतदाता हुनेछन्।


राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारका लागि मतदाता नामावलीमा नाम समावेश भएका पाँचजना प्रस्तावक र पाँच जना समर्थक हुनुपर्नेछ। उम्मेदवार हुनका लागि भने वंशजका आधारमा नेपाली नागरिक भएको र कम्तिमा ४५ वर्ष उमेर पूरा भएको लगायतका व्यवस्था छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट