काठमाडौँ परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएकी छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको श्रीलङ्काको भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
परराष्ट्रमन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हो ।
उनी श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरका कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।