नेकपा एसले प्रधानमन्त्रीलाई आर्थिक संकटवारे बुझायो ज्ञापन पत्र-Sutra News

नेकपा एसले प्रधानमन्त्रीलाई आर्थिक संकटवारे बुझायो ज्ञापन पत्र

मंगलबार, १७ माघ २०७९

मंगलबार, १७ माघ २०७९

काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार अध्यक्ष नेपालले देशको आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।



अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक संकट समाधानको लागि तत्काल कदम चाल्न आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।

चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान बृद्धी हुदाँ सर्वसाधरणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुदाँ देश आर्थिक अवस्था नाजुक हुदैँ गएको भन्दै नेकपा एसले ज्ञापन पत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट