काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न लामिछाने सरकारी निवास बालुवाटार पुगेका हुन्।
उनीहरूबीच अदालतको निर्णयपछि हुने उपनिर्वाचन, गृह मन्त्रालयको लगायतका बिषयमा छलफल भएको स्रोतले बताएको छ । अमेरिकी नागरिकता त्यागेपछि प्रक्रिया पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्री पद खारेज गरिदिएको थियो ।
साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सभापति पद पनि गुमाएका थिए । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले पुनः नागरिकता लिएका छन् । उनी पुन पार्टीको सभापतिमा पनि नियुक्त भइसकेका छन् । लामिछाने गृहमन्त्री नरहे पनि गृह मन्त्रालय आफ्नै भागमा परेको उनको पार्टीले दाबी गर्दै आइरहेको छ । यसै बिषयमा कुरा गर्न आइतबार साझँ पनि लामिछाने प्रधानमन्त्री प्रचण्डलाइृ भेट्न पुगेका थिए ।