राष्ट्रिय वाणिज्य बैंकले आर्थिक बर्ष २०७०/८०को अर्ध वार्षिक प्रगति बिवरणको दुई दिने समिक्षा गोष्ठी सम्पन्न गरेको छ । धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा बैंकका प्रमूख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी गोष्ठीको समूद्घाटन गरेका थिए ।
बैंकका नायब प्रमूख कार्यकारी अधिकृत सरस्वती अधिकारीले गोष्ठीको उद्देश्य एवम् स्वागत मन्तव्य राखेकी थिइन्
भने ब्रान्च अपरेशन बिभागका बिभागीय प्रमूख आनन्द सूवेदीले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।
गोष्ठीमा बैंकका सातवटै प्रादेशिक कार्यालयका प्रादेशिक कार्यालयका प्रमूखहरु, २३ वटा बिभागका बिभागीय प्रमूखहरु, बैंकका उप कार्यकारी अधिकृतहरु एवम नायब प्रमूख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो ।
प्रमूख कार्यकारी अधिकृत श्रेष्ठले गत श्रावणमा सम्पन्न भएको लक्ष्य प्रगति तथा बजेट कार्यान्वयन रणनीतिले निर्धारण गरिएका अधिकांश सूचकहरु सन्तोषजनक रुपमा पूरा भएको बताए ।
उनले बैंकको मूख्य जिम्मेवारीमा रहनूभएका बिभागीय प्रमूख तथा प्रादेशिक प्रमूखहरुले बजारमा कर्जा लगानि र निक्षेप संकलन जस्तो महत्वपूर्ण कार्यमा आफूलाई पूर्ण रुपमा समर्पित गरी बजारमा देखिएको प्रतिष्पर्धामा आफूहरुलाई खरो रुपमा उत्रिन बिशेष निर्देशन दिए ।
सहभागी प्रादेशिक प्रमुख र बिभागिय प्रमूखहरुले आ–आफ्नो कार्यालयको प्रस्तुतिकरण गरेका थिए । गोष्ठिमा सहभागीहरुले प्राप्त निर्देशनहरुलाई आत्मसात गर्दै लक्ष्यहरुलाई समयमै पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।