कुमारी बैंकले ल्यायो ग्राहकहरुलाई विशेष छुट योजना-Sutra News

कुमारी बैंकले ल्यायो ग्राहकहरुलाई विशेष छुट योजना

मंगलबार, १७ माघ २०७९

मंगलबार, १७ माघ २०७९

कुमारी बैंकले सीजी डिजिटल एण्ड एलजी शपे बाट सामान खरिद गर्दा कुमारी बैंकको ग्राहक महानुभावहरुले विशेष छुट प्राप्त गर्ने योजना ल्याएको छ ।



अब कुमारी बैंकका डेबिट-क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले आधिकारिक सीजी डिजिटल र एलजी शपे मार्फत उत्पादनहरू खरिद गर्दा २० प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो योजनाको फाईदा कुमारी बैंकका ग्राहकहरुले १५ फागुन २०७९ सम्म पाउनेछन् ।

डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त बैंकले यस सहकार्य मार्फत सीजी डिजिटल एण्ड एलजी शपेमा आफ्नो डेबिट-क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको जनाएको छ ।

आगामी दिनहरुमा बैंकले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याइरहने उल्लेख गरेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट