पार्टीको बैठकमा प्रचण्डको बिफ्रिङ : फैसलाको पूर्णपाठ नआएसम्म कसैलाई गृहमन्त्री बनाउँदिनँ-Sutra News

पार्टीको बैठकमा प्रचण्डको बिफ्रिङ : फैसलाको पूर्णपाठ नआएसम्म कसैलाई गृहमन्त्री बनाउँदिनँ

मंगलबार, १७ माघ २०७९

मंगलबार, १७ माघ २०७९

काठमाडौं। नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकता अवैधानिक रहेको फैसलाको पूर्णपाठ नआएसम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताएका छन् ।



कोटेश्वर पेरिसडाँडामा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकलाई ब्रिफिङ गर्दै प्रचण्डले फैसलाको पूर्णपाठ नआउँदासम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताएका बैठकपछि कृष्णबहादुर महराले जानकारी दिए ।

गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले तत्काल गृहमन्त्री नबनाउने भएका हुन् । गत शुक्रबार सर्वाेच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको नागरिकता अवैधानिक रहेको ठहर गर्दै उनलाई सांसद र उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेको थियो ।

तर, आइतबार पुन नेपाली नागरिकताको प्रमाणपत्र लिएका लामिछानेलाई गृहमन्त्री बनाउनुपर्ने उनले नेतृत्वको गरेको राष्ट्रिय स्वतन्त्र पार्टी तथा सत्तासाझेदार केही दलले प्रधानमन्त्री प्रचण्डमाथि दबाब दिइरहेका छन् ।

तर, आफ्नो पार्टीको बैठकमा प्रचण्डले फैसलाको पूर्णपाठ नआउँदासम्म गृहमन्त्री कसैलाई पनि नबनाउने स्पष्ट पारेका हुन् । लामिछानेले अमेरिकी नागरिकता र राहदानी हुँदा बखत नै खारेज भएको नेपाली नागरिकता प्रमाणपत्रबाट नेपाली राहदानी लिएको विषय विवादमा रहेकाले उनलाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउन आनकानी गरेका हुन् ।

पदाधिकारी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई तत्काल कसैलाई गृहमन्त्री नबनाउन नेताहरुले सुझाव पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट