जसपा र उन्मुक्ति पार्टीबीच एकता हुन सक्ने, दुई नेताबीच भयो गम्भिर छलफल-Sutra News

जसपा र उन्मुक्ति पार्टीबीच एकता हुन सक्ने, दुई नेताबीच भयो गम्भिर छलफल

मंगलबार, १७ माघ २०७९

मंगलबार, १७ माघ २०७९

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । मंगलबार बिहान जसपाका श्रेष्ठ र उन्मुक्ति पार्टीका चौधरीबीच विभिन्न बिषयमा छलफल भएको हो । उनीहरुबीच दुई पार्टीबीच एकताको सम्भावना बारे छलफल भएको स्रोतले बताएको छ ।



उनीहरुबीचको छलफल सकरात्मक रहेको र दुई पार्टीमा कुरा मिले एकता हुन सक्ने एक नेताले बताए । चौधरी नागरिक उन्मुक्ति पार्टी खोल्नुअघि जसपा नेपालमा रहेका थिए । यसैकारण यी दुई पार्टीबीच एकताको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट