अदालतको फैसलाले सांसद र मन्त्री पद गुमाएका रविविरुद्ध अर्को उजुरी-Sutra News

अदालतको फैसलाले सांसद र मन्त्री पद गुमाएका रविविरुद्ध अर्को उजुरी

मंगलबार, १७ माघ २०७९

मंगलबार, १७ माघ २०७९

अदालतको फैसलाले सांसद र मन्त्री पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध फेरी अर्को उजुरी परेको छ ।



अध्यागमन ऐन, २०४९ को दफा ८ बमोजिम कारबाहीको माग गर्दै युवराज पौडेलले मंगलबार नेता लामिछानेविरुद्ध अध्यागमन विभागमा उजुरी दिएका छन् ।

पौडेलले दिएको उजुरीमा भनिएको छ, ‘अध्यागमन ऐन, २०४९ को दफा ८ बमोजिम अप्रत्यक्ष वा प्रत्यक्ष रुपमा महानिर्देशकलाई जानकारी हुन आएमा महानिर्देशकले तोकेको अध्यागमन अधिकृतले ऐन वा नियम विपरीत कुनै अपराध भए वा हुन लागेको छ भने तहकिकात र कारबाही गर्नु पर्दछ भन्ने व्यवस्था भएकोमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १०(१) अन्तर्गत कायम नरहेको नागरिकता प्रयोग गरेर आफू अमेरिकी नागरिक भएको समयमा नेपाली राहदानी लिई अध्यागमन ऐन, २०४९ को दफा ५ विपरीतको दण्डनीय कार्य गर्ने रवि लामिछानेलाई अध्यागमन ऐन, २०४९ को दफा १० बमोजिम हदैसम्मको सजाय गरी पाऊँ ।’

उनले विदेशी नागरिकता त्याग गरेतापनि नेपाली नागरिकता नलिएको भनेर अनागरिक ठहर गर्दै अदालतले उनलाई दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट