विस्फोटन भएको मस्जिदको भग्नावशेषमा फेला परे थप शव, मृतकको सङ्ख्या १०० पुग्यो-Sutra News

विस्फोटन भएको मस्जिदको भग्नावशेषमा फेला परे थप शव, मृतकको सङ्ख्या १०० पुग्यो

मंगलबार, १७ माघ २०७९

मंगलबार, १७ माघ २०७९

पाकिस्तानको पेशावरस्थित एउटा मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरूलाई निसाना बनाएर गरिएको आत्मघाती बम विस्फोटनमा मृत्यु हुने मानिसको सङ्ख्या १०० पुगेको छ।



उक्त मस्जिद कडा सुरक्षा व्यवस्था भएको प्रहरी मुख्यालय भएको क्षेत्रमा अवस्थित छ। ती आक्रमणकारीले कसरी त्यहाँ प्रवेश पाए भन्ने विषयमा छानबिन भइरहेको बीबीसीले जनाएको छ ।

केही वर्षयता पाकिस्तानमा ठूलो क्षति हुनेगरी गरिएका आक्रमणमध्ये उक्त घटना पनि पर्छ।

पाकिस्तानी तालिबानले उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट