काठमाडौं – आज बस्ने भनिएको सत्तारुढ माओवादी केन्द्रको स्थायी कमिटिको बैठक स्थगीत भएको छ । बैठक भोलि बिहीबारका लागि सारिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकवाट ‘सहमतिको आधारमा राष्ट्रपति चयन तथा सर्वोच्च अदालतका पुर्ण पाठ नपाएसम्म रवि लामिछानेलाई पुनः गृहमन्त्री दिन नहुने’ म्यान्डेट पाईरहेको छ ।
माओवादीको जारी बैठकले संगठन सुदृढीकरणमा तीन महिने अभियान चलाउने तथा ३० भन्दा बढी बिभागलाई पुर्णता दिने बारेमा आज छलफल हुने बुझिएको थियो।