नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिदमा ब्याज छुट-Sutra News

नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिदमा ब्याज छुट

बुधबार, १८ माघ २०७९

बुधबार, १८ माघ २०७९

नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिदमा ब्याज नलाग्ने सम्झौता गरेको छ । यसका लागि नबिल बैंक र साओमी नेपालबीच शून्य इएमआई सम्बन्धी सम्झौता भएको हो ।



सम्झौताअनुसार नबिल बैंक ग्राहकले शाओमी ब्राण्डका मोबाइल फोन, ल्यापटप र टेलिभिजन खरिद गर्दा इएमआईमा ब्याज लाग्ने छैन । यस्तो सुविधा ३ महिना र ६ महिनाको लागि उपलब्ध गराइएको नबिल बैंकले जनाएको छ ।

सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र शाओमी नेपाल, नेपाल प्रमुख अमित कुमार पन्डा, रमेश कर्पोरेशनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

शाओमी ब्राण्डको मोबाइल खरिद गर्दा सुन्य प्रतिशत, ३० प्रतिशत, अथवा ५० प्रतिशत डाउनपेमेन्ट गरी शाओमी ब्रान्डको मोबाइल, टेलिभिजन अथवा ल्यापटप खरिद गर्न सक्ने बैंकले जनाएको ।

त्यस्तै मोबाइल, टेलिभिजन र ल्यापटपमा ५० प्रतिशतभन्दा कम डाउनपेमेन्ट गरेमा ब्याज नलागेपनि न्युनतम सेवा शुल्क भने लाग्ने उल्लेख गरिएको छ ।

सुविधा उपभोगका लागि नबिल बैंकका ग्राहकहरु क्रेडिट कार्ड होल्डर हुनु पर्ने सर्त राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट