काठमाडौं– सांसद गगनकुमार थापाले साना किसानको क्षतिपूर्ति रकम तत्काल भुक्तान गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापाले यस्तो बताएका हुन् । उनले किसान बैंकको ऋणले थिचिएको भन्दै उक्त क्षतिपूर्ति तत्काल भुक्तान गर्न माग गरेका छन् ।
उनले भने – ‘बर्डफ्लूको जोखिम न्यूनीकरण गर्नका लागि सरकारको निर्णयबाट उनका कुखुरा फर्म नष्ट गरियो। नियमअनुसार यिनले पाउने क्षतिपूर्ति ५८ करोड छ’ उनले प्रश्न गर्दै भने – ‘बैंकको ऋणले थिचिएका साना किसानहरुले कुनै अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने हो ?’
बर्डफ्लू न्यूनीकरणका लागि फार्म नष्ट गरिएको साना किसानको क्षतिपूर्ति रकम तत्काल भुक्तान नगरी सरकारले झुलाइरहेको बताएका छन् ।