हामी फेरि राजासहितको प्रजातन्त्र स्थापित गर्न आएका छौं, संसदमा बोल्न पाउनुपर्छ – धवलशमशेर जबरा-Sutra News

हामी फेरि राजासहितको प्रजातन्त्र स्थापित गर्न आएका छौं, संसदमा बोल्न पाउनुपर्छ – धवलशमशेर जबरा

बुधबार, १८ माघ २०७९

बुधबार, १८ माघ २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा। धवलशमशेर जबराले हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै लागि आफूहरुलाई जनताले मत दिएको बताएका छन् ।



बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै जबराले यस्तो बर्ताएका हुन् । संसद बैठकमा एमाले सांसद रघुजी पन्तले राप्रपाबाट मन्त्री बनेका नेताहरुले हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गरेको बताएपछि जवराले संसदमा नहेपन भन्दै यस्तो बताएका हुन् ।

जवराले आफ्नो बोल्ने पालोमा धर्मनिरपेक्षता र गणतन्त्रलाई संविधानले अपरिवर्तनीय विषय नमानेकाले बोल्न पाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट