काठमाडौं – आज बसेको संसद बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने सांसद नभएको जानकारी गराएका छन् । बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त पत्र बाचन गर्दै रवी लामिछाने सांसद नरहेको जानकारी गराएका हुन् ।
नागरिकताको प्रमाणपत्र अवैध ठहर भएसँगै गत शुक्रबार प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएका लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।