काठमाडौँ । नेपाल क्रिकेट संघ-क्यानले निलम्बन फुकुवा गरेपछि क्रिकेटर सन्दीप लामिछानेले समयसँगै फेरि भेटौँला भन्दै स्टाटस लेखेका छन् ।
उनलाई बलात्कार आरोप लागेपछि लगाइएको निलम्बन धरौटीमा छुटेसँगै क्यान बोर्ड बैठकले बिहीबार फुकुवा गरेको थियो ।
आफ्नो पुरानो फोटो अपलोड गर्दै सन्दीपले उक्त स्टाटस लेखेका हुन् ।