सडकमा नाचेको एक जोडीलाई १० वर्षको जेल सजाय-Sutra News

सडकमा नाचेको एक जोडीलाई १० वर्षको जेल सजाय

बुधबार, १८ माघ २०७९

बुधबार, १८ माघ २०७९

उमेरले २० वर्षमाथिका एक इरानी जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण १० वर्षको जेल सजाय सुनाइएको छ।



उनीहरूमाथि भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप लगाइएको थियो र हाल दोषी ठहर भएको बताइएको छ।

सार्वजनिक भिडिओमा उनीहरू तेहरानस्थित आजादी (फ्रीडम) टावर अगाडि नाचिरहेको देखिन्छन्।

आचार व्यवहार निगरानी गर्ने विशेष प्रहरीले नियन्त्रणमा लिएको एक महिलाको मृत्यु भएपछि विरोध प्रदर्शनमा उत्रिएका मानिसहरूलाई सरकारी अधिकारीहरूले कडा सजाय दिइरहेका छन्।

तर उक्त जोडीले आफ्नो नृत्यलाई इरानमा जारी विरोध प्रदर्शनसँग सम्बन्धित रहेको बताएका थिएनन्।

एक स्रोतले बीबीसी मोनिटरिङलाई पुष्टि गरे अनुसार दुई जनाको जोड्दा झन्डै २० लाखले पच्छाएको इन्स्टाग्राम खातामार्फत भिडिओ साझा गरेपछि उनीहरू गिरफ्तारीमा परेका थिए। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट