काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम गर्न नहुने बताएका छन् । डा भट्टराईले सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रमुख राजनीतिक दलबीचको सहमतिमा पुनस् जोड दिँदै सत्तागठबन्धनमा देखिएको तिक्तता तथा पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर आफ्नो प्रतिक्रिया जनाएका छन् । उनले हामी सबै त डुब्छौं डुब्छौं, देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ भन्दै त्यसो नगर्न भनेका छन् ।
उनले लेखेका छन् – ‘लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं १ यो डुंगा डुब्दा हामी सबै त डुब्छौं डुब्छौं, देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ’, भट्टराईले भनेका छन्, ‘कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरूबीच सहमतिको विकल्प छैन । गम्भीर बनौं !’