काठमाडौं – विश्व चर्चित खेलाडी तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फरवार्ड केलियन एमबाप्पे केही साता खेल्न नपाउने भएका छन् । उनको तिघ्रामा चोट लागेका कारण खेल्न नपाउने भएका हुन् ।
उनी तीन साता मैदान बाहिर रहने जनाइएको छ । बुधबार एमबाप्पेले मोन्टपेलिएरमाथि ३–१ को जित निकालेका थिए । उक्त खेलमा उनलाई चोट लागेको थियो ।